आरके शर्मा समूहको निवेदनको पहिलो सुनुवाई भएन
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनको राजेन्द्र कुमार (आरके) शर्मा समूहले सर्वोच्च अदालतमा दायर गरेको रिटको पहिलो सुनुवाई विहीबार हुन सकेन् । वुधवार दर्ता गरेको रिटको पहिलो पेसी विहीबार तोकिएको थियो । उक्त रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा परेको थियो । तर, न्यायाधीश श्रेष्ठले उक्त रिट हेर्न नमिल्ने सूचीमा परेको हो ।
न्यायाधीश श्रेष्ठले यसअघि डा. वद्री केसी समूहको मुद्दामा फैसला गर्दै अहिले काम गर्न बाटो खुला गरेका थिए । अहिले केसीलाई नै विपक्षी बनाएर दर्ता भएको रिटमा उनले सुनुवाई गर्न नमिल्ने अवस्था आएको हो । अब पहिलो पेसी आइतवार तोकिने सम्भावना रहको एनआरएन अभियन्ता तथा अधिवक्ता डा. नारायणदत्त कँडेलले जानकारी दिए ।
वैधानकिताको दावी गर्दै सर्वोच्च अदालतमा राजेन्द्र कुमार शर्मा, डा. केशव पौडेल, चिन्तामणी सापकोटा र ठाकुर प्रसाद ढुंगानाले नेपाल सरकार परराष्ट्र मन्त्रालय सिंहदरबारलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् ।
शेष घलेको अकर्मण्यताले झनै अचकल्टिएको एनआरएनए
यसैगरी एनआरएनएको सचिवालय कामनपा वडा नं. ४ बालुवाटार, गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष तथा संरक्षक शेष घले, गैर आवासीय नेपाली संघको पूर्व अध्यक्ष (अवैधानिक रुपमा आफुलाई स्वघोषित अध्यक्षका रुपमा प्रस्तुत गर्दै आएका) डा. बद्री के.सी, संघका पूर्व सह–कोषाध्यक्ष (अवैधानिक रुपमा आफुलाई स्वघोषित वर्तमान सह–कोषाध्यक्ष) कृष्ण प्रसाद तिमिल्सिनालाई पनि विपक्षी बनाइएको छ ।
आरके समूह सर्वोच्चमा, केसी र घले विपक्षी
गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रि समन्वय परिषद्को लागि ११ औं महाधिवेशनबाट कार्यकालका लागि निर्वाचित अध्यक्ष राजेन्द्र कुमार शर्मा समेत भनेर निवेदकहरुले उल्लेख गरेका छन् ।