विपक्षीविरुद्ध सत्तारूढ दलहरू एकजुट हुने
काठमाडौँ। सत्तारूढ दलहरूले सरकार र संसदलाई प्रभावकारी बनाउन एक जुट भएर अघि बढ्ने निष्कर्ष निकालेका छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका नेताहरूको बैठकले सरकारको पक्षमा दृढताका साथ उभिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
उनले भने, “सरकारको पक्षमा दलहरू एकढिक्का भएर उभिने निष्कर्षमा पुगेका छौं।” उनले सत्ता साझेदार दलहरूबीच एकता कायम गर्न न्यूनतम साझा कार्यक्रम तयार गर्न गृहकार्य सुरु भएको जानकारी दिए।
आईसीसी विश्वकप लिग २ : क्यानडा जाने १६ सदस्यीय टोली घोषणा
आइतबार साँझ कांग्रेस र एमालेका नेताहरूबीचको बैठकबाटै न्यूनतम साझा कार्यक्रमको मस्यौदा कार्यदल गठन भएको थियो। कार्यदलमा कांग्रेसका महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, एमालेका उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्।
सोमबारको बैठकमा जसपा, लोसपा, जनमत पार्टी र नाउपाका नेताहरूको पनि उपस्थिति थियो। झण्डै तीन घण्टा चलेको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकार र संसदलाई प्रभावकारी बनाउन सत्तारूढ दलहरू एकताबद्ध भएर अघि बढ्नेबारे छलफल भएको जानकारी दिए ।
पोल्याण्डमा रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिले गलत प्रचार भइरहेको उल्लेख गर्दै बर्तौलाले नेपाललाई बङ्गलादेश बनाउने जस्ता अभिव्यक्तिहरू आउन थालेपछि सत्तारुढ नेताहरूका बीचमा छलफल भएको बताए।