आईसीसी विश्वकप लिग २ : क्यानडा जाने १६ सदस्यीय टोली घोषणा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ। सोमबार सार्वजनिक गरिएको टोलीको नेतृत्व रोहित पौडेलले गर्ने छन्।
टोलीमा महत्वपूर्ण पुनरागमनको रूपमा विकेटकिपर अर्जुन साउद र तिव्र गतिका बलर रिजन ढकालले स्थान बनाएका छन्। अर्जुनले सन् २०२३ आईसीसी विश्वकप एकदिवसीय छनोटमा आयरल्यान्डविरुद्ध खेलपछि पुनरागमन गरेका हुन्। टोलीमा देव खनाललाई ट्राभलिङ रिजर्भ खेलाडीको रूपमा राखिएको छ।
नेपालले लिग २ अन्तर्गत पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ भने सेप्टेम्बर १८ र २४ मा ओमानसँग प्रतिस्पर्धा गर्नेछ। लिग २ पछि नेपाल, ओमान, र क्यानडाबीच त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज पनि हुनेछ।
संगिना वैद्य अपमानित हुने देशमा युवा कसरी रोकिन्छन्?
त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानडासँग खेल्नेछ, जबकि सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्ने तालिका छ।
त्यसपछि नेपाल लिग २ खेल्न अमेरिका जानेछ। अमेरिकामा नेपाल, अमेरिका, र स्कटल्याण्डबीच त्रिकोणात्मक र टी-२० अन्तर्राष्ट्रिय दुबै सिरिज हुनेछ। अमेरिकाका लागि फेरि छुट्टै टोली घोषणा गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।
लिग २ मा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमा शीर्ष ४ टोलीले सिधै विश्वकप छनोटमा स्थान पाउनेछन्।
नेपाल क्रिकेट टोली:
– रोहित पौडेल (कप्तान)
– कुशल भुर्तेल
– आसिफ शेख
– अनिल शाह
– भीम सार्की
– आरिफ शेख
– कुशल मल्ल
– दीपेन्द्रसिंह ऐरी
– अर्जुन साउद
– सोमपाल कामी
– करण केसी
– गुलशनकुमार झा
– रिजन ढकाल
– सन्दीप लामिछाने
– ललित राजवंशी
– देव खनाल (ट्राभलिङ रिजर्भ)