पोल्याण्डमा रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ

काठमाण्डौं। बेरोजगार युवायुवतीलाई आकर्षक तलबको लोभ देखाएर पोल्याण्ड पठाउने झुटा आश्वासन दिने एक व्यक्ति पक्राउ परेका छन्।
लामो समयसम्म पीडितहरूलाई विदेश पठाउने नाममा झुक्याएर सम्पर्कविहीन बनेका ती व्यक्तिलाई पीडितहरूले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो।
काठमाण्डौंको टोखा नगरपालिका वडा नं. ०३, मनकामना टोलबाट सोमबार कमला चुडाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भुटानी नेपाली इभान्जेलिकल चर्चको बाह्रौँ वार्षिक उत्सव : छात्रवृत्ति र प्रार्थना टावरको घोषणा
चुडाललाई थप अनुसन्धान र कानूनी कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौंमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।