बक्स अफिस प्रणाली नजोड्ने र विकास शुल्क पनि नतिर्ने १९ हललाई बोर्डको कडा निर्देशन
काठमाडौँ। चलचित्र विकास बोर्डले लामो समयदेखि चलचित्र विकास शुल्क नतिर्ने र बक्स अफिस प्रणाली जडान नगर्ने १९ वटा सिनेमा हलहरूलाई तत्काल बाँकी शुल्क तिर्न निर्देशन दिएको छ।
बोर्डका अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी) का अनुसार, विदेशी चलचित्र प्रदर्शन गर्दा १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने व्यवस्था छ। जुन हल सञ्चालकहरूले टिकटमार्फत दर्शकबाट पहिल्यै लिइसकेका हुन्छन्।
तर, लामो समयदेखि उक्त शुल्क नतिरेकाले बोर्डले यसबारेमा तत्काल कदम चाल्न पत्राचार गरेको हो। अध्यक्ष दाहालले चेतावनी दिँदै भने, “समयमै शुल्क नतिरे कानुनी कारबाही गरिनेछ।”
बोर्डले पत्राचार गरेका सिनेमा हलहरूमा लमजुङको चलचित्र मन्दिर, मलङ्गवाको पुष्पटाकिज, विराटनगरको विराट सिनेमा, धनकुटाको सिवि सिनेमा, महेन्द्रनगरको सेती महाकाली टाकिज, सिराहाको बुद्ध सिनेमा, परासीको म्याङ्गो प्लेजर, हेटौँडाको नारायणी मल आचार्य प्लाजा, बुटवलको ब्लुमुन इन्टरटेन्मेन्ट, जनकपुरको आशा चलचित्र मन्दिर, कैलालीको जोशी टाकिज, नुवाकोटको जगदम्बा चलचित्र मन्दिर छन् ।
पोल्याण्डमा रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ
यसैगरी, हेटौँडाको ओमेक्स चलचित्र मन्दिर, दाङको भिएफएक्स सिनेमाज् प्रालि, पोखराको हिमाजजादुज, विराटनगरको हिमालय टाकिज, बुटवलको द्वारिका उदयसिनेमा, वीरगञ्जको बजरङ्गी पिक्चर्स प्रालि, र फिदिमको छाब्दी बाराहीले पनि शुल्क तिरेका छैनन्।
चलचित्र विकास बोर्डले आर्थिक ऐन, २०५१ अनुसार चलचित्र विकास शुल्क बुझाउन, विद्युतीय टिकटिङ प्रणाली (इ–टिकेटिङ सिस्टम) लागू गर्न, र केन्द्रीय चलचित्र व्यवस्थापन प्रणालीसँग लिङ्क गर्न निर्देशन दिएको छ। साथै, इजाजत पत्रको नवीकरण गरी सिनेमा घरहरूको नियमित अद्यावधिक गर्न पनि अनुरोध गरिएको छ।
अधिवेशन गराउन नसकेपछि पत्रकार महासंघका अध्यक्ष पोख्रेलले दिए राजीनामा
बोर्डको पत्रमा भनिएको छ, “पटकपटक लिखित र मौखिक अनुरोधका साथै राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दा पनि हलहरूले अटेर गरेको देखिएकाले यो अन्तिम चेतावनी हो। एक महिनाभित्र बक्यौता तिरिएन र बक्स अफिस प्रणाली जडान भएन भने कानुनअनुसार कारबाही गरिनेछ।”