‘हवाई दुर्घटनाबारे उच्चस्तरीय छानबिन समिति बनाइनेछ’
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानबिन गरेका समितिहरूले औंल्याएका सवालहरूको अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने घोषणा गरेका छन्।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत व्यक्तिहरुको सम्झना तथा ४५औं पुण्य तिथिको अवसरमा राजधानीमा आयोजित श्रद्धाञ्जली सभा र नेपालमा हवाई सुरक्षा विषयक अन्तरक्रियामा मन्त्री पाण्डेले यो कुरा बताएका हुन्।
बेल्जियममा चाडपर्व आएसँगै नेपालीका घरमा चोरी बढ्यो
मन्त्री पाण्डेले भने, “हवाई दुर्घटनाबारे विगतमा थुप्रै अलगअलग अध्ययन र अनुसन्धान भएका छन्। ती सबैलाई संकलन गरेर, एकीकृत रूपमा एक ठाउँमा राख्न आवश्यक छ।” उनले नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित बनाउनका लागि न्यायिक क्षेत्रका व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाइने जानकारी दिए। उक्त समितिले अध्ययन गरेका कुराहरू सरकारको ध्यानमा ल्याइनेछ।
अपमानित भएको भन्दै संगिना वैद्यले दिइन राजीनामा
मन्त्री पाण्डेले सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको उल्लेख गर्दै त्यस प्रतिवेदनले सत्य र तथ्यलाई नजिक पुगेको बताए। उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने विधेयक अर्थ र कानुनको प्रक्रिया पूरा गर्दै मन्त्रालयमा ल्याइएको र यो विधेयक मन्त्रिपरिषद् मार्फत संसदमा पेश गरिने विश्वास दिलाए।
बाइडेन अहिलेसम्मकै धेरै बिदा लिने अमेरिकी राष्ट्रपति
मन्त्री पाण्डेले दुर्घटनामा ज्यान गुमाएका परिवारजनप्रति समवेदना प्रकट गर्दै, बीमासम्बन्धी ऐन निर्माणको आवश्यकता रहेको र पछिल्लो सन्धिहरूको मस्यौदाको काम भइरहेको जानकारी दिए। उनले हवाई ऐनलाई समय सापेक्ष रूपमा परिमार्जन गर्ने तयारी भइरहेको पनि बताए।