अमेरिकी दूतावासमा ईडीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जना पक्राउ
काठमाडौं। नेपालस्थित अमेरिकी दूतावासमा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्तिहरूमा ललितपुर घर भएकी ३२ वर्षीय गोमा पाण्डे, सर्लाही घरका २८ वर्षीय अनिल कुमार महतो, झापा घरका ५० वर्षीय गोपाल प्रसाद घिमिरे र सङ्खुवासभा घरका ४३ वर्षीय सुवास ढकाल रहेका छन्।
बेल्जियममा चाडपर्व आएसँगै नेपालीका घरमा चोरी बढ्यो
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार, उनीहरूले एसईई र प्लस टूका नक्कली मार्कसिट र ट्रान्सक्रिप्ट तयार गरी दूतावासमा पेश गरेका थिए।
अपमानित भएको भन्दै संगिना वैद्यले दिइन राजीनामा
प्रहरी उपरीक्षक आचार्यका अनुसार, उनीहरूलाई दूतावाससँगको समन्वयमा शुक्रबार नक्कली शैक्षिक प्रमाणपत्र र कागजातसहित पक्राउ गरिएको हो।
चारै जनालाई लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।