हमास प्रमुखको हत्याबारे अमेरिकालाई ‘जानकारी वा संलग्न’ थिएन : ब्लिङ्केन

पेन्सिल्भेनिया । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बुधबार अमेरिकालाई इरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्याका बारेमा ‘जानकारी नभएको र यसमा संलग्न नभएको’ बताएका छन् ।
“यसको के अर्थ हो म तपाईंलाई बताउन सक्तिन, म तपाईंलाई भन्न सक्छु कि युद्धविरामको अपरिहार्यता सबैका लागि रहेको महत्त्व राख्दछ”, आफ्ना स्टाफले साझा गरेको ट्रान्सक्रिप्टअनुसार सिङ्गापुर समाचार एसिया च्यानलसँगको अन्तरवार्तामा उनले भने ।
इरानका नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका हानिया इजरायली हवाई आक्रमणमा मारिएको हमासले बुधबार बताएको छ ।
अमेरिकाका लागि सिफारिस राजदूत रेग्मी को हुन् ?
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजरायलमाथि अक्टोबर ७ को आक्रमणको प्रतिशोधमा हमासलाई समाप्त पार्ने वाचा गरेका छन् । हमासको आक्रमणपछि युद्ध सुरु भएको हो ।
वासिङ्टन इजरायलको प्रमुख सैन्य समर्थक हो र उसले युद्धविरामका लागि जोड दिइरहेको छ । विदेशमन्त्री ब्लिङ्केनले ‘हमासको गोलीबारीमा फँसेका’ इजरायली बन्धक र गाजाबासीका लािग लागि युद्धविराम ‘स्पष्टरूपमा हितमा रहेको’ बताए ।
हमासका प्रमुख हानियाको शुक्रबार दोहामा अन्त्येष्टि
प्यालेस्टिनी आन्दोलन हमासका राजनीतिक प्रमुखका रूपमा हानियाले गाजामा युद्ध अन्त्य गर्न र इजरायलमा प्यालेस्टिनी कैदीहरूको बदलामा यस क्षेत्रमा राखिएका बन्धकहरूलाई रिहा गर्ने सम्झौताका लागि वार्ताको निरीक्षण गरिरहेका थिए ।
कमला ह्यारिसविरुद्ध चुनावी रणनीति तयार पार्दै ट्रम्प
सिङ्गापुरको भ्रमणमा रहेका ब्लिङ्केनले गाजा युद्धविराम द्वन्द्वलाई बाँकी क्षेत्रमा फैलिनबाट रोक्न महत्त्वपूर्ण रहेको बताए ।
“हामी पहिलो दिनदेखि नै गाजामा राम्रो स्थानमा पुग्ने प्रयास मात्र नभई द्वन्द्वलाई फैलिनबाट रोक्न पनि काम गरिरहेका छौँ, चाहे त्यो लेबनान र हिजबुल्लाहसँग उत्तरमा होस वा हुथीहरूसँग लाल सागरमा होस् । इरान, सिरिया, इराक, तपाईं यसको नाम बताउनुहोस्”, उहाँले सिटी स्टेटमा एक फोरमलाई भन्नुभयो, “यस्तो नहोस् र हामी राम्रो स्थानमा जान सक्छौँ भनेर सुनिश्चित गर्न प्रयास गर्ने एउटा ठूलो समाधान भनेको युद्धविराम पाउनु हो ।”
राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दूर, टिका, टोपी लगाउन पाइने
युद्धविराम वार्तामा महत्त्वपूर्ण मध्यस्थकर्ता एवं हानियासहित हमासको राजनीतिक नेतृत्वलाई आतिथ्यता प्रदान गर्ने कतारले हत्यापछि वार्ताको भविष्यमाथि प्रश्न उठाएको छ ।
हमासले आफ्नो अनुभवी नेताको ‘कायरतापूर्ण’ हत्या ‘अनुत्तरित नहुने’ वाचा गरेको छ ।