राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दूर, टिका, टोपी लगाउन पाइने

काठमाडौं । राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने भएको छ ।
यसअघि सिन्दूर, टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने जनाएको हो ।
राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन
विभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।
राष्ट्रिय परिचयपत्रले एनआरएनलाई चिन्दैन !
