सुदूरपश्चिम र लमजुङ अमेरिकामा जारी तेस्रो बाना कपको सेमिफाइनलमा
बाल्टिमोर,मेरिल्यान्ड/ सुदूरपश्चिम एफसी र लमजुङ सोसाइटी एफसी तेस्रो बाना कप फुटबलको सेमिफाइनलमा पुगेका छन्।
अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा स्थित नर्थवेष्ट रिजनल पार्कमा (4515 Deer park Rd, Owings mills, MD 2117) शनिवार देखि सुरु भएको प्रतियोगितामा हिमालयन युनाइटेड एफसी र वुडल्यान नेप्रिकन पनि अन्तिम चारमा पुगेका छन्।
बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) द्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम र लमजुङ समूह बी बाट सेमिफाइनलमा पुगेका हुन्।
पहिलो दिनको अन्तिम खेलमा सुदूर पश्चिम र लमजुङले एक एक गोलको बराबरी खेले। पाँच टिम रहेको समूहमा सुदूर पश्चिमले चार खेलबाट दश अङ्क बनायो। समान खेलमा लमजुङ ८ अङ्कमा रोकिँदै समूहको उपविजेता हुँदै सेमिफाइनल पुग्यो।
अपराजित सुदूरपश्चिमले वुडल्यान भेट्रान्स, नासो कम्युनिटी र बी एन्ड डी ग्रुपलाई हराएको थियो।
यस्तै समूह ए मा हिमालयन युनाइटेड अपराजित रहँदै समूह विजेताको रूपमा सेमिफाइनल पुग्यो। हिमालयनले तीन जीत र एक बराबरी खेल्दै दश अङ्क जोडेको थियो।
समूह बिमा उप विजेता हुँदै सेमिफाइनलमा स्थान बनाएको वुडल्यान नेप्रिकनले तीन खेल जित्यो।
अब आइतबार हुने सेमिफाइनलमा हिमालयन र लमजुङ तथा अर्को सेमिफाइनलमा सुदूर पश्चिम र वुडल्यान भिड्ने छन्।
सेमिफाइनल बिहान ११ बजे हुने छ। फाइनल खेल पनि आइतबार साँझ हुने छ। फाइनल अगाडि बाना र अमेरिका स्थित नेपाली दूतावास बिचमा मैत्री खेल हुने छ।
र यो पनि…