तेस्रो बाना कप फुटबल शनिवार देखि, दश टिम सहभागी
बाल्टिमोर,मेरिल्यान्ड/ ‘तेस्रो बाना कप’ फुटबल शनिवार (जुलाई ६) देखि अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा सुरु हुदैछ।बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) को आयोजनामा हुने प्रतियोगितामा मेरिल्यान्डका दश टिमले भाग लिँदै छन्।
प्रतियोगिता संयोजक विक्रम शाहीका अनुसार दुई दिने प्रतियोगिताका खेलहरू नर्थवेष्ट रिजनल पार्क (Northwest Regional park, 4515 Deer park Rd, Owings mills, MD 2117) मा हुने छन्।
‘सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाउँदै छौ।’ संयोजक शाहीले समाज टाइम्स सँग भने, ‘पार्क भित्र नै दुई वटा फिल्ड छ, हामी दुवै फिल्ड एकै पटक प्रयोग गर्छौ।’
समूह एमा हिमालयन युनाइटेड एफसी, वुडल्यान नेप्रिकन एफसी, मेरिल्यान्ड स्पार्टन्स एफसी, गोर्खाली एफसी र हार्डफोर्ड युनाइटेड ब्वाइज एफसी रहेका छन्।
यसै गरी समूह बीमा बी एन्ड डी ग्रुप, फारवेष्ट एफसी, नासो कम्युनिटी एफसी,वुडल्यान भेट्रान्स एफसी र लमजुङ समाज एफसी रहेका छन्।
समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन्।
संयोजक शाहीका अनुसार पहिलो दिन शनिवार लिग चरणका खेल हुने छन्। दोस्रो दिन आइतबार सेमिफाइनल र फाइनल खेल हुने छन्।
समूह चरणका खेल शनिवार बिहान ७.३० बाट सुरु हुने छन्। दिउँसो एक देखि तीन बजे सम्म कुनै खेल हुने छैनन्। तीन बजे देखि साँझ सात बजे सम्म पुन समूह चरणका खेल हुने छन्।
सेमिफाइनलका खेल आइतबार बिहान ११ बजे एकै समूहमा दुई फिल्डमा हुने छ। फाइनल खेल साँझ ६ बजे देखि सुरु हुने जनाइएको छ।
प्रतियोगिताको विजेताले ३५ सय ५५ अमेरिकी डलर नगद र ट्रफी तथा मेडल पाउने छन्। यस्तै दोस्रो हुनेले १५ सय ५५ डलर पाउने छन्।
यसै बिच प्रतियोगिताको फाइनल खेल अगाडि बाना र अमेरिका स्थित नेपाली दूतावास बिचमा मैत्री खेल हुने छ। बाना अध्यक्ष सुबोध विलास पन्तका अनुसार दूतावास र नेपाली जनता बिचमा समवन्ध विस्तार गर्न मैत्री खेल आयोजना गर्न लागिएको हो। ‘यो चौथो पटक हो, नेपाली समुदाय सँग दूतावास छ भन्नका लागि पनि हामीले मैत्री खेललाई निरन्तरता दिएका हौ।’ अध्यक्ष पन्तले समाज टाइम्स सँग भने।
मैत्री खेलमा बाना टिमको कप्तान अध्यक्ष पन्त स्वयम हुने छन्। यस्तै दूतावास टिमको कप्तान नेपाली दूतावास वासिङ्टन डिसीका नियोग उपप्रमुख कुमारराज खरेल हुने छन्।
बाना कप फुटबल प्रतियोगिताबारे भिडियो कुराकानी
सुदूरपश्चिम र लमजुङ अमेरिकामा जारी तेस्रो बाना कपको सेमिफाइनलमा
July 6, 2024 @ 10:02 pm
[…] […]