टी २० विश्वकपको खेलअघि नेपाली खेलाडीले गरे डालसस्थित पशुपति तथा बौद्ध नाथ दर्शन
डालस/ आइसीसी टी २० पुरुष विश्वकप अगाडि नेपाली राष्ट्रिय टिमका खेलाडीले टेक्ससको डालस स्थित पशुपति तथा बौद्धनाथ मन्दिरको दर्शन गरेका छन्।
विश्व कपमा नेपालले मंगलवार नेदरल्याण्ड सँग खेल्दै छ। खेलको पूर्व सन्ध्यामा सोमबार बिहान नेपाली टिमका केही खेलाडी पशुपति तथा बौद्धनाथ दर्शनमा पुगेका हुन्।
राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, मुख्य प्रशिक्षक मोन्टी देसाईले मन्दिरमा पूजा अर्चना गरेका थिए।
सो अवसरमा मन्दिरका मूल पुरोहित डा. शेखर पण्डित र पुरोहित मेघराज निरौलाले प्रमुख प्रशिक्षक तथा खेलाडीलाई टीका लगाउनुका साथै रक्षा बन्धन गराएका थिए।
सोही क्रममा नेपाली समाज टेक्ससका पदाधिकारीहरूले राष्ट्रिय टिमको सफलताका लागि शुभ कामना दिएका थिए।