राष्ट्रपति पौडेलले दिए विश्वकप खेल्न लागेको नेपाली टिमलाई शुभकामना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका छन् ।
आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका रहेको टोलीका कप्तान रोहित पौडेलसँग सोमबार भिडिओ सम्वाद गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले विश्वकपमा उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न शुभकामना दिएका थिए ।
नेपालले मंगलबार नेदरल्याण्ड्सँगको खेल हेर्नका लागि आफू पनि उत्सहित रहेको सम्वादका क्रममा राष्ट्रपति पौडेलले बताएको उनको सचिवालयले जनाएको छ ।
यसैगरी, राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली साथमा रहेको भन्दै नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउन पनि आग्रह गरेका छन् । नेपालले टी–२० विश्वकप दोस्रो पटक खेल्दै छ ।
नेपाल समूह डीमा रहेको छ । यो समूहमा श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् । समूहका शीर्ष २ टिमले सुपर एटमा स्थान बनाउने छन् । नेपालले अर्को खेल श्रीलंकासँग खेल्ने छ भने त्यसपछि दक्षिण अफ्रिका र बंगलादेशसँगको खेलका लागि वेस्टइन्डिज प्रस्थान गर्ने छ ।