अमेरिकामा रहेका नेपाली इन्जिनिरलाई चुनाव लाग्यो

पेन्सिल्भेनिया/ अमेरिकन सोसाइटी अफ नेपाली इन्जिनियर्समा चुनावी प्रक्रिया सुरु भएको छ। सन् २००७ मा स्थापना भएको संस्थामा नयाँ नेतृत्वका लागि जुटेको हो। संस्थामा अहिले लमजुङका ओहायो निवासी सूर्य थापा अध्यक्ष छन्।
नेपाली इन्जिनियर तथा वैज्ञानिकहरू यसको सदस्य बन्न पाउँछन्। वर्तमान कार्यसमितिको म्याद जुन ३० मा सकिँदै छ।
सोसाइटीले गठन गरेको निर्वाचन आयोगले मे १२ तारिख आइतबार सम्म उम्मेदवारी दरखास्त आह्वान गरेको छ।
‘हामीले उम्मेदवारी दरखास्त र नयाँ सदस्यता तथा सदस्यता नवीकरणको डेट लाइन मे १२ सम्म तोकेका छौ।’ प्रमुख निर्वाचन आयुक्त कुलमणि आचार्यले समाज टाइम्स सँग भने।
आचार्यका अनुसार अमेरिकामा रहेका नेपाली इन्जिनियर जसले साइन्स एन्ड टेक्नोलोजीमा स्नातक उतृर्ण भएका छन् उनीहरू सदस्य बन्न पाउँछन्। “विद्यार्थी” सदस्यहरूले भने मत दिन पाउने छैनन्।
निर्वाचन आयोजकले जुन १ देखि १४ तारिख सम्मलाई निर्वाचनको दिन तोकेको छ। ‘मतदान पूर्ण रूपमा अनलाइनद्वारा हुने छ। प्रमुख आयुक्त आचार्यले भने।
मतदानबाट दुई वर्षको कार्यकालका लागि ३७ सदस्यीय बोर्डको चयन हुने छ।
आचार्यका अनुसार सदस्य तथा उम्मेदवारी asnengrelection2024@gmail.com मा पठाउनु पर्ने छ। निर्वाचन आयोगले उम्मेदवारको प्रारम्भिक सूची मे १९ मा सार्वजनिक गर्ने जनाएको छ।