रुसमा फ्रोजन कुखरा आयात शुल्कमा छुट दिने
मस्को । रुस युक्रेनसँग डेढ वर्षभन्दा बढी समयदेखि युद्धरत छ । अर्कोतर्फ मार्चमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । मुलुकमा मुद्रास्फीति बढ्दै गएको छ । गत हप्ता एक पेन्सनभोगीले उपभोग्य वस्तुको मूल्य बढेको गुनासो गरेका थिए । यसपछि राष्ट्रपति भ्लादिमिर पुटिनले उनीसँग माफी मागेका थिए । अब सरकारले कुखुराको मासु आयातमा कुनै शुल्क नलाग्ने निर्णय गरेको छ ।
रुसले आगामी वर्ष १ लाख ४० हजार टन फ्रोजन कुखुराको आयात शुल्कमा छुट दिनेछ, सरकारले शनिबार भन्यो। जसले गर्दा आन्तरिक आपूर्ति बढाउन र मूल्य घटाउन सकिन्छ । अण्डा र कुखुराको मूल्य बढेको भन्दै गत साता एकजना पेन्सनभोगीले टेलिभिजनमा गरिएको प्रश्न-उत्तर सत्रमा उनलाई गुनासो गरेका थिए । जसपछि उनले माफी मागेका थिए ।
सरकारले आगामी वर्षको पहिलो त्रैमासमा १ अर्ब २० करोड अण्डाको मूल्यलाई नियन्त्रणमा राख्न आयात शुल्कमा छुट दिएको छ । यस वर्ष अण्डाको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ ।
डिसेम्बर १८ मा अन्त्य हुने सातामा अण्डाको मूल्य ४.६२ प्रतिशत र अघिल्लो साता ४.५५ प्रतिशतले बढेको तथ्याङ्क कार्यालयले बुधबार जनाएको छ । वार्षिक उपभोक्ता मुद्रास्फीति केन्द्रीय बैंकको लक्ष्य चार प्रतिशतभन्दा बढी ७.४ प्रतिशत रहेको छ ।