एनआरएनए आइसीसी सचिवका उम्मेदवार पोखरेललाई मातृ शोक
काठमाडौँ /गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को आसन्न निर्वाचनमा सचिव पदका उम्मेदवार मित्र राम सी पोखरेललाई मातृ शोक परेको छ।
पोखरेलकी माता ९१ बर्सिया डोल कुमारीको मङ्गलवार काठमाडौँमा निधन भएको हो।
डोल कुमारीका ९४ बर्सिया पति, तीन छोरा र दुई छोरी छन्। राम सी परिवारका कान्छा छोरा हुन्। अर्धखाँचीमा जन्मिएका पोखरेल अमेरिकाको टेक्ससमा व्यवसाय गर्दै आएका छन्।
एनआरएनए अमेरिकाको उपाध्यक्ष, उप क्षेत्रीय संयोजक (डिआरसी)को जिम्मेवारी पुरा गरी सकेका छन्।
समाज टाइम्स सँगको छोटो कुराकानीमा पोखरेलले सचिव पदमा आफ्नो उम्मेदवारी कायम नै रहेको बताए। ‘अब फिर्ता लिन पनि मिल्दैन, मेरो उम्मेदवारी कायम नै छ, साथीहरूले सहयोग गर्छौ भन्नु भएको छ।’ उनले भने।
र यो पनि…
अमेरिकाका आरसी राम सी पोखरेलको अबको दाबी एनआरएनए आइसीसी सचिव