५५ औँ एसियन बडी बिल्डिङ च्याम्पियनसिप नेपाललाई १ स्वर्ण
काठमाडौँ । काठमाडौँमा सुरु भएको ५५ औँ एसियन बडी बिल्डिङ च्याम्पियनसिपको पहिलो दिन नेपालले एक स्वर्ण, ३ रजत र १ कांस्य पदक जितेको छ ।
सोमबारदेखि सुरु भएको च्याम्पियनसिपमा एसिया २५ देशका शारीरिक सुगठकहरुको सहभागिता रहेको छ । पहिलो दिनको साँझ ६ बजेसम्मको प्रतिस्पर्धामा नेपालले १ स्वर्ण, ३ रजत र १ कांस्य जित्न सफल भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै उपप्रधान मन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले, नेपालले बडी बिल्डिङको क्षेत्रमा महत्त्वपूर्ण सफलता हात पारेको भन्दै प्रशंसा गरेका छन् ।
उनले नेपाली बडीविल्डरहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको नाम रोशन गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले भने ‘नेपाली एथलेट्सले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन महत्त्वपूर्ण भूमिका खेलका छन्, त्यसमा पनि नेपालको पर्यटन क्षेत्रमा यस्ता कोभिडपछि भएको यो प्रतियोगिताले ठुलो योगदान गर्नेछ । ’