अर्धशतक बनाएर आशिफ आउट
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।
श्रीलंकाको पालेकेले रंगशालामा भइरहेको खेलको ओपनर आशिफले २७.२ ओभरको समाप्तिमा अर्धशतक प्रहार गरेका हुन् । उननले ८८ बलमा ७ चौकाको मद्दतमा ५० रन जोडेका हुन् ।
२७.२ ओभरको समाप्तिमा नेपालले ४ विकेटको क्षतिमा ११३ रन जोडेको छ ।
आसिफ मोहम्मद सिराजको बलमा विराट कोहलीको क्याचमा आउट भए ।
यसअघि नेपालका कुशल मल्ल २ कप्तान रोहित पौडेल ५,भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।
भारतका रविन्द्र जडेजाले ३, सार्दुल ठाकुरले १ , मोहम्म्द सिराजले १ विकेट लिए ।
नेपाललो ३० ओभरमा ५ विकेटको क्षतीमा १३० रन बनाएको छ ।