एनआरएनए अध्यक्ष उम्मेदवारबाट महेश श्रेष्ठ पछाडि हटे मेरो दावेदारी :डा. केशव पौडेल
पेन्सिल्भेनिया,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)का महासचिव डा. केशव पौडेलले आफु अध्यक्षको रेसबाट पूर्ण रूपमा नबाहिरिएको बताएका छन्।
बिहीबारको समाज टाइम्स सम्वादमा डा.पौडेलले अध्यक्षमा आफ्नो दावेदारी कायम नै रहेको बताए।
‘उम्मेदवारी दर्ताको दिनसम्म सम्भावना रहन्छ, म मैदानबाट हटेको छैन।’ उनले भने।
उनले एनआरएनएलाई विवादरहित बनाउन र वर्तमानमा एजेण्डा मिलेकाले उपाध्यक्ष महेश श्रेष्ठलाई समर्थन गरेको तर उनी पछाडि आफू मैदानमा उत्रने बताए।
उनले एनआरएनएको अस्थित्वमा नै प्रश्न उठेकाले सहमतिका लागि पछाडि हटेको दाबी समेत गरे।
समाज टाइम्स सम्वादको पुरा भिडियो