अमेरिकामा सडक नियम उलङ्घन गर्दाको परिणाम :कमल खनाल
२१ जुलाई २०२३ को बिहानको ५.३० भएको थियो। पुलिसले सुशान्तको गाडीलाई पिछा गर्यो। गाडी तोकिएको गति भन्दा १५ देखि १९ माइल्स प्रति घण्टा बेसी अर्थात् ९० माइल्स प्रति घण्टाको वेगमा कुदिरहेको रहेछ।
गाडी चालकलाई थाहा भएन भने कोचालकले आफ्नो भूमिका निर्वाह नगर्दा यो परिणाम भोग्नु परेको थियो। गाडी त्यसै दिन ४.३० बिहानै नर्थ क्यरोलियनाबाट न्यु योर्कका लागि हिँडेको थियो। सबैलाई निद्राले टाउको उठाउन नसक्ने बनाएको थियो। कोचालक समेत निद्रामा रहेछन्। पुलिसको साइरनले सबैलाई उठायो। सबै डराए कोही बोलेनन्। गाडी बिस्तारै सोल्जर लेनमा पुग्यो र रोकियो। पुलिसले टिकट दियो तर कति जरिवाना गर्यो थाहा भएन। टिकट दिए पछि पुलिसले तिर्ने विकल्प पनि दियो।
पहिलो विकल्प थियो अनलाइनबाट तिर्ने। दोस्रो विकल्प थियो मिति अगस्त २४ तारिख बिहीबार ११ बजे कोट (अदालत)को सामाना गर्ने।
गाडी पुलिसको पन्जामा पर्नुभन्दा पहिले ५ मिनट अगाडी नै अर्को गाडी सडक अनुशासन उल्लङ्घन गरेको कारणले दण्डित भैसकेको थियो।
आफ्नै अगाडी भइरहेको कारबाहीलाई चालकले बेवास्ता गर्नुको परिणाम आफैले भोग्नु पर्यो। पहिलो त भर्जिनियाको यात्रा नौलो थियो। दोस्रो पुलिसको कारबाही भर्जिनियामा बाक्लै हुँदो रहेछ। पछि थाहा भयो कि भर्जिनिया र डी सी को यात्रामा बेसी नै सचेत हुनु पर्ने रहेछ। कारण के भने सडक अनुशासन यो क्षेत्र अलि कठोर रहेछ।
पुलिसले टिकट त दियो तर कति भन्ने कुरा न चालकलाई थमाएको कागजमा थियो न उसले भन्यो। कति पैसा जरिवाना लगायो र कति तिर्नुपर्ने भन्ने अन्यौलता उनीहरूको वेभ साइडमा प्रवेश नगरिन्जेल छाइरह्यो।
न्यु योर्कको यात्रा भरि खुसी प्राप्त गर्न सकेनन् चालकले। धमिलो र अमिलो भइनै रह्यो मन । यसको करण थियो सडक अनुशासन उल्लङ्घन गरेबापत पोइन्ट दिन्छ। त्यसको पहिलो प्रभाव इन्सोरेन्समा पर्छ। त्यसका प्रभावहरू अन्य क्षेत्रमा पनि पर्छ भन्ने विषयले चालकलाई चिन्ता बढाइरहेको थियो। को चालक लगायतका अन्यले घट्नालाई केही समय पछि नै बिर्सिए।
किन गर्नु पर्यो कोर्ट फेस?
यु योर्कको यात्रा टुङ्गियो र नर्थ क्यारोलाइना आए पछि पुलिसको टिकटको मूल्य एक सय ७२ डलर ६४ सेन्ट रहेछ भन्ने थाहा भयो। लाइसेन्स लिएको ६ वर्षमा यो पहिलो सडक अनुशासन उलङ्घनको घटना थियो। गाडी जतिसुकै राम्रो र भरपर्दो किसिमले चलाए पनि घट्नालाई कसैले टार्न सक्दैन। घटना सानो होस वा ठुलो ,आफ्नो लापरबाहीले होस वा अरूको। तर पनि होसियारी हुनु पर्छ र सडक नियमको पालना अनिवार्य गरियो भने ८० प्रतिशत घट्नाबाट आफूलाई सुरक्षित राख्न सकिन्छ। चालकले होस पुर्याउनु पर्ने पहिलो सर्त हो।
अब गाडी मालिक र चालक एउटै भएकोले उसैलाई मात्र तनाव हुने भयो। जरिवाना तिर्ने ,गाडीको इन्स्योरेन्स बढ्ने र अन्य कारोबारमा समेत त्यसको असर पर्ने भएकोले पोइन्टबाट छुटकारा कसरी पाइन्छ भन्ने सोचमा चालक थिए। अनलाइनबाट डलर तिर्दा कोर्ट फेस गर्न नपर्ने ,भर्जिनिया जान नपर्ने डलर तिर्दा पुग्ने तर पोइन्ट यथावत् रहने र डलर पनि नघट्ने र कोर्टका बारेमा पनि जानकारी नहुने भएकोले चालकको मनमा लाग्यो कोर्ट फेस गरे पछि पैसा घटाउन सकिन्छ र पोइन्टलाइ मिनाहा गर्न सकिन्छ कि भन्ने लागेर चालकले कोर्ट फेस गर्ने निर्णय गरे।
कुन कुन कोर्ट फेस गर्नुपर्ने रहेछ?
घट्नाको प्रकृति अनुसार कोर्ट फेस गर्नु पर्ने रहेछ। सामान्यतया सडक अनुशासन पालना नगरी गाडी चलाएर पुलिसले समातेको खण्डमा पहिलो डलर तिरेर तत्काल मुक्त हुने, दोस्रो पुलिसले समातेमा जाने तीन वटा कोर्ट रहेछन्।
१ पहिलो जनरल डिस्ट्रिक्ट कोर्ट(ट्राफिक)
२ दोस्रो जनरल डिस्ट्रिक्ट कोर्ट(क्रिमिनल )
३ तेस्रो जुभेनाइल र डोमेष्ट्रिक रिलेसन डिस्ट्रिक्ट कोर्ट
उल्लेखित कोर्टमध्ये चालकले फेस गर्नु पर्ने कोर्ट जनरल डिस्ट्रिक्ट कोर्ट रहेछ जहाँ पुलिसको भूमिका धेरै नै देखिने रहेछ। अर्थात् कोर्टमा एक जना जज बाहेक सबै नै युनिफर्म लगाएका पुलिसहरू हुने रहेछन्। साथै न्याय दिने र लिनेलाई सजिलो होस भनेर सरकारी तवरबाट नै इन्टरपेटर को व्यवस्था गरेको रहेछ। भाषागत समस्यालाई पनि जानकारीमा राखेर सरल र सहज वातावरण बनाइएको थियो।
इभिडेन्स र स्वयं व्यक्तिको स्वीकारोक्तिमा गरिने निर्णयले सरकारी पक्षलाई नै बल पुगेको देखिन्थ्यो। गल्ती भएकै हो प्रमाण पेस गरिएकै रहेछ। चालकको उद्देश्य पुरा हुन सकेन। तोकिएको पुरै डलर तिरे चालकले। पोइन्टका बारेमा भने सम्बन्धित स्टेट नभएको र यात्राको क्रममा भएको हुनाले भर्जिनियामा रेकर्ड नरहने नर्थ क्यारोलाइना रेकर्ड रहने नरहने बारेमा अझै कुर्नु पर्ने भयो जानकारीका लागि।
कोर्टको वातावरणले आत्मसम्मान प्रदान गरे जस्तो लाग्थ्यो। जजको अगाडी आफै उभिएर जजले सोधेका प्रश्नको जवाफ दिनुपर्ने रहेछ। आफ्नो भनाइ राख्न पाइने भएकोले पनि सम्बन्धित पक्षको चित्त नबुझ्ने कुरो भएन। नयाँ पन पनि पाइयो जानकारी पनि पाइयो। कोर्ट फेस गर्दा धेरै कुराको जानकारी प्राप्त भयो। यो सकारात्मक पक्ष हो। माफी मिनाहाको विषय प्रमाणमा भर पर्ने रहेछ।
कस्तो फाइन तिर्नु पर्ने रहेछ?
विशेष गरी गाडीले गर्ने सडक नियमको उलङ्घन स्टेट,काउन्टी , सिटी र टाउनमा बेसी हुने रहेछ। गाडी चालकले काउन्टीको नियम उलङ्घन गरेको रहेछन्। त्यसै अनुरूप कोर्टले देहायको एकाउन्ट कोडमा जरिवाना तिर्न लगायो।
२०१ बर्न्सवीक फाइन ९० डलर
२४१ इ सुमोनस् फी ५ डलर
२४४ बर्नवीक्स सीएचएसएफ २०डलर
४६० ट्राफिक इन्फ्राक्सन फी ५१ डलर
४०७ कनभिनियन्स फी ६.६४ डलर
१७२.६४ डलर तिरेर कोर्टको काम सके पछि बर्नसवीक कम्बाइन डिस्ट्रिक कोर्ट ट्राफिक लरेन्सभिल बाट हामी फर्कियौ। अमेरिकाको सिस्टमले सबै कुरालाई सरल बनाउँछ तर त्यो भन्दा बढी कानुनको दायरामा ल्याउँछ र अनुशासनको नियम पालना गराउँछ भन्ने महसुस गरायो।
अगस्ट २४ भर्जिनिया कोर्टमा
हामी बिहानको ७.५६ मा घरबाट जनरल डिस्ट्रिक्ट कोर्ट जानका लागि हिँडियो। जनरल डिस्ट्रिक्ट कोर्ट भर्जिनियामा थियो। २०२ एन मेन स्ट्रिट लरेन्सभिल भर्जिनिया पुग्नु पर्ने थियो । ११ बजे पुग्नु नै थियो। करिब ८५ माइलको दुरी पार गरे पछि मात्र डिष्ट्रीक कोर्ट पुगिन्थ्यो। सामान्यतया बर्नस्वीक को सेरिफस् अफिस बर्नस्वीकमा सडकको रुल भाइलेसन गर्ने हरूलाई पुलिसले समात्यो भने जाने कोर्ट रहेछ। सडकको स्पिड भाइलेसनका बारेमा ८/२४/२०२३ मा दिनको ११ बजे बोलाएको थियो। हाइवे ८५ लिएर गए पछि कतै एक्जिट लिन परेन। मौसम धमिलो थियो बिच बिचमा पानी परिरहेको थियो। ७० को स्पिडमा गाडी कुदिरहेको थियो। भर्जिनिया इज फर लभर्सको सिम्बोल भएको रेष्टरूमा गाडी रोकियो। त्यस पछिको २० मिनट ड्राइभमा अल्बर्टिसको ह्यारिसन जेआर कोर्टहाउस बर्नवीक्स पुगियो।
कोर्ट भित्र प्रवेश
सुरक्षा जाँच पछि जजको चेम्बरमा पस्यौ। सेतै कपाल र सेतै जुँगा भएको करिब ७०/७५ वर्ष उमेरका जस्ता देखिने जज थिए। न्याय नदिए पनि दिने जस्ता देखिन्थे। भलादमी देखिने स्पष्ट र बिस्तारै बोलेर आफ्नो निर्णय सुनाउने जजले न्याय खोज्ने मानिसलाई न्याय त दिने भए तर गल्ती गरेको प्रमाण देखाएर जरिवाना सहित सुध्रिने मौका दिन्थे।
अंग्रेजी भाषीभन्दा बाहेकका मानिसहरूका लागि सरकारी तवरबाटनै कोर्टमा इन्टरपेटरको व्यवस्था पनि गरिएको रहेछ। सुशान्त आफैले कोर्ट फेस गरे। उनले आफैले जजसँग सवाल जबाफ गरे। अमेरिकाको सिस्टमले सबै कुरालाई सरल बनाउँछ। तोकिएको स्पिडमा गाडीको गति सीमित हुनुपर्छ। सडक अनुसारको स्पिड तोकेको हुन्छ। सडक नियम पालना नभएको पाइएमा कानुनको दायरामा ल्याउँछ र अनुशासनको नियम पालना गराउँछ।
न्यु योर्क यात्राको परिणाम
बिहानको ४ बजे नर्थ क्यारोलिनाबाट न्यु योर्कको लागि यात्रा गरिएको थियो। बिहानको ५.३०मा भर्जिनिया पुगियो। न्यु योर्क तोकिएको समयमा पुग्नु पर्ने भएकोले गाडीको स्पिड तोकिएको भन्दा बढी थियो। लाइसेन्स लिएको ६ वर्ष पछि पहिलो पटक सुशान्त पुलिसको पन्जामा परेका थिए। कोड्राइभरले गर्नु पर्ने भूमिका नगरेको गाडीकाअन्य मानिस सबै सुतेको समयमा चालकले सडक नियम उलङ्घन गरेका थिए।
अनुशासनको दायरा कति कठोर हुन्छ भन्ने कुरा यो घट्नाले उनलाई सिकायो। गाडीको स्पिड बढी भएको सङ्केत पुलिसले पाइ सकेको थियो र गाडिलाई फलो गरिरह्यो। साइरन सहित बत्तीको सङ्केत गर्दै गाडिलाई रोक्न सङ्केत गरेको थियो। केही मिनट अगाडी अर्को गाडी पुलिस कार्यवाहीमा परेको थियो। त्यसलाई सुशान्तले अन्दाज गर्न सकेनन् र पुलिसको कार्यवाहीमा परे।
डिसी र भर्जिनियामा गाडी चलाउँदा निक्कै नै होसियार भएर, सडक अनुशासन पालना गरेर चलाउनु पर्ने रहेछ। एक त सडकमा गाडीको चाप धेरै हुने ठोक्किने डर पनि त्यतिकै हुने अर्को सामान्य गल्तीमा पनि टिकट पाइने डर। फेरि भर्जिनिया र डिसीमा गाडीको कार्यवाहीबाट प्राप्त हुने रकम स्टेटको मुख्य श्रोतका रूपमा प्राप्त हुने रहेछ। त्यसैले भर्जिनिया डी सी मात्र नभई कुनै पनि ठाउँको यात्रा सावधानी पूर्वक सडकको नियम पालना गरेर यात्रा गर्दा न पुलिसको डर न कुनै समस्यामा परिने डर।
जजको प्रश्न
अनलाइनबाट तोकिएको जरिवाना तिर्न पनि पाउँथे र सक्थे तर उनले त्यसो गर्दा पोइन्ट आउन सक्ने भएकोले कोर्ट फेस गर्ने निर्णय गरे।जजले सोधे तिमीले गल्ती गरेको हो कि होइन? तिमी कहाँ बस्छौ? जजले सोधेको प्रश्नमा उनले जवाफ दिए नर्थ क्यारोलाइना भने।गल्ती स्वीकार गरे। आफूले गरेको गल्ती स्वीकारे पछि पहिलो पटक भएकोले पोइन्ट भने पाएनन्। नर्थ क्यारोलाइना बस्ने भएकोले ट्राभल गर्दाको अवस्थामा टिकट पाएको हुनाले भर्जिनियामा रेकर्ड नबस्ने। तर नर्थ क्यारोलाइना रेकर्ड बस्छ बस्दैन थाहा हुँदैन भने।
र यो पनि …
भर्जिनियाको यात्रा र तटीय क्षेत्रको जात्रा
सामान्य शिक्षा प्राप्त गरेका अविवाहितहरूको सफलता : कमल खनाल
August 30, 2023 @ 2:34 pm
[…] […]