कुल आचार्यलाई प्रेम गाहामगरले हाले मुद्दा
काठमाडौं । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले एनआरएनए केन्द्रिय अध्यक्ष कुल आचार्यले बेलायती राहदानी हुंदा हुंदै कीर्ते गरि नेपाली राहदानी लिएको प्रमाणसहित परराष्ट्रमा उजुरी दिएका छन् ।
केही दिनअघिमात्र सामाजिक सञ्जालबाटै आचार्यलाई कानूनी कठघरामा ल्याउने चेतावनी दिएका गाहामगरले बिहीबार परराष्ट्रमा कारवाहीको माग गर्दै उजुरी दिएका हुन् ।
उनले उजुरीको बोधार्थ गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, कुश्मा पर्वत र नेपाली राजदूतावास, लन्डनलाई पनि दिएका छन् ।
बेलायती राहदानी साथमा हुंदा हुंदै बेलायतका लागि तत्कालिन नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले आचार्यलाई सन् २०१४ मा नेपाली राहदानी बनाइदिएको गाहामगरले जिकिर गरेका छन् ।
एनआरएनए अध्यक्ष कुल आचार्यले प्रेम गाहा मगर विरुद्ध बेलायतमा मुद्दा हाल्ने
‘निज कुल आचार्य सन् २००२ मा गैर कानूनी माध्यमबाट जर्मनी हुँदै बेलायत प्रवेश गर्नु भएको थियो । उहाँ सन् २००२ मा विदेश जाँदा भूटानी शरणार्थीको हैसियतमा जानु भयो । निजको राहदानी नवीकरणको निवेदन विवरण हेर्दा मिति २०४६।०२।२३ मा ५११४७५७ नं. को नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालयबाट लिएको पुष्टि हुन्छ’- उजुरीमा भनिएको छ ।
कुल आचार्यले सन् २००२ मा बेलायत प्रवेश गरेपछि सन् २००६ मा पहिलोपटक बेलायती राहदानी लिएको रेकर्ड रहेको निवेदनमा दावी छ ।
उनले यूके फर्किए लगत्तै बेलायती अध्यागमनलाई पनि आचार्यविरुद्द नेपाली नक्कली भुटानी शरणार्थी बनि ब्रिटिश सरकारलाई कीर्ते गरेर ब्रिटिश सिटिजन लिएकोमा उजुरी गर्ने चेतावनी दिए ।