नेपाली चलचित्र ‘प्रसाद २’ भर्जिनियामा प्रदर्शन हुदै
भर्जिनिया,अमेरिका / नेपाली चलचित्र प्रसाद २ जुन १८ तारिक आइतवार भर्जिनियामा प्रदर्शन हुने भएको छ।
भर्जिनियाको फेयरफ्याक्स स्थित सिनेमा आर्ट्स थेटर चलचित्र प्रदर्शनी हुने छ।
इपिक इन्टरटेन्टमेन्टले प्रसाद २ लाई भर्जिनियामा प्रदर्शनी गराउन लागेको हो। इपिकका सिइयो अभिजित राईका अनुसार आइतवार दुई सो हुने छ। ‘यस पटक हामीले हिमालयन फ्रिक्लिनकको सहयोगार्थ नेपाली चलचित्र प्रसाद २ भर्जिनियामा प्रदर्शन गर्न लागेका हौ।’ समाज टाइम्स सँग राईले भने।
राईका अनुसार पहिलो सो दिउँसो चार र दोस्रो सो साँझ सात बजे हुने छ।
चलचित्र प्रसाद २ सुदर्शन थापाद्वारा निर्देशित चलचित्रमा हो। यस चलचित्रको मुख्य कलाकारमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायत छन्।
चलचित्रको निर्माता सुदर्शन बस्नेत रहेका छन्। चलचित्रको टिकट मुल्य बीस डलर राखिएको छ।