पुरूषोत्तम बरालको अध्यक्षतामा आयोवा राज्यकमिटी गठन
लुइभिल, केन्टकी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका अन्तर्गत आयोवा राज्य कमिटी गठन भएको छ । २०२३ जुन १४ तारिख बुधबार दिउँसो सम्पन्न भर्चुअल भेलाबाट पुरूषोत्तम बरालको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन भएको हो ।
प्रवासी नेपाली मञ्चको वार्षिक क्यालेण्डर अनुसार अायोजना गरिएको भेलामा ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने प्रमुख अतिथि र अन्तर्राष्ट्रिय कमिटीका सदस्य पुरूषोत्तम बोहरा विशेष अतिथिको रूपमा सहभागी थिए ।
भर्चुअल भेलामा ओएनएफ अमेरिकाका केन्द्रीय सचिव छबि पाण्डे, केन्द्रीय सदस्य शङ्कर लुङ्गेली, ओहायोका पुराना व्यवसायी तथा समाजसेवी देवी बास्तोला, अबन बराल र दिपेश गौतमको विशेष उपस्थिति रहेको थियो ।
यही जुन१७ शनिबार केन्टकी राज्यको लेक्जिन्टन सिटीमा हुन गइरहेको ओएनएफ अमेरिकाको केन्द्रीय भेलाको पूर्व सन्ध्यामा गठित उक्त कमिटीको तर्फबाट पनि केन्द्रीय भेलामा प्रतिनिधित्व हुने बताइएको छ ।
प्रवासी नेपाली मञ्च (ओएनएफ) को आयोवा राज्य कमिटी बनेको यो पहिलो पटक हो । मञ्चको केन्द्रीय कमिटीका उपसचिव तथा मिडवेस्ट क्षेत्रका संयोजनकर्ता थोमस बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त भेलाबाट निम्नानुसारको प्रवासी नेपाली मञ्च (ओएनएफ) आयोवा राज्य कमिटी गठन भएको छ ।
अध्यक्ष : पुरूषोत्तम बराल,
उपाध्यक्ष : रामकृष्ण सुनार,
सचिव : दावा शेर्पा,
उपसचिव: प्रमोद गजुरेल
र सदस्यहरू: प्रदीप पौडेल, शङ्कर बराल, रूद्र बराल र अनुषा राय रहेका छन् ।
नेपालको बिग्रँदो राजनीतिलाई खबरदारी गर्ने, प्रवासी नेपाली मञ्चको कार्योजनाहरूलाई साथ सहयोग गर्ने, सामाजिक कामहरूमा जोडिएर सकारात्मक कामका लागि भूमिका खेल्ने नवगठित कमिटीका अध्यक्ष पुरूषोत्तम बरालले बताएका छन् ।