विदेशमा रहेका नेपालीको मतदाता नामावली साउन १ देखि संकलन हुने
निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने भएको छ ।
संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उपस्थित भएका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले साउन १ गतेदेखि विदेशमा पनि मतदाता नामावली संकलन सुरु हुने बताएका छन् । त्यसका लागि आयोगले सरकारसँग सैद्धान्तिक सहमति मागेको र सरकारले पनि चाँडै सहमति दिने पनि बताए ।
आयोगले पहिलो चरणमा रोजगारीका लागि खाडी मुलुक गएकाहरुको नामावली संकलन गर्ने पनि प्रमुख आयुक्त थपलियाले बताए ।