अर्थमन्त्रीले संसदमा दिउँसै रात पार्ने काम गरेको सांसद ठाकुर गैरेको आरोप
काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले अर्थमन्त्रीले संसदमा दिउसै रात पार्ने काम गरेको आरोप लगाएका छन् ।
बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएपछि आफ्नो भनाइ राख्दै १७ प्रतिशत भएको पुँजीगत खर्चलाई २७ प्रतिशत भनेर दिउँसै रात पारेको बताए ।
उनले भने ‘ अर्थमन्त्री ज्यूले यो प्रतिपक्षको काम नै राम्रो कुरा भए पनि विरोध गर्ने नै हो भनेर एक प्रकारको उपाहास गर्नुभएको छ। म दुःख व्यक्त गर्न चाहन्छु । हामी त्यो उद्देश्यका साथ यहाँ छैनौं ।
२७ प्रतिशत पुँजीगत खर्च भएको छ भनेर भन्नु भयो । १७ प्रतिशत भएको खर्चलाई २७ प्रतिशत भनेर दिउँसै रात पार्ने काम भयो । यस्तो काम गरिमामय सदनमा नगर्नुहोला । पाल्पा जिल्ला यो देशमा पर्छ कि पर्दैन भन्न चाहन्छु । अत्यन्त्य हेपिएको छ । ’