ललितपुरको प्रत्येक वडामा यही वर्ष स्मार्ट ट्वाईलेट निमार्ण गर्छौं : मेयर महर्जन
काठमाडौं । ललिपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले यहि वर्ष ललितपुरको प्रत्येक वडामा २९ वटा स्मार्ट ट्वाईलेट निमार्ण गर्ने बताएका छन् ।
बुधवार ललितपुर महानगरपालिकाले तयार पारेको सभ्य नागरिक नामक बृतचित्र विमोचन कार्यक्रममा उनले एक किलो मिटरमा एउटा टेवाईलेट भन्ने अन्तर्राष्ट्रिय मापदण्डको आधारमा उक्त स्मार्ट ट्वाईलेट निमार्ण गर्न लागेको बताएका हुन् ।
उनले भने ‘ अन्तर्राष्ट्रिय मापदण्डको आधारमा यहि वर्षमा हामीले प्रत्येक वडामा २९ वटास्मार्ट ट्वाईलेट निमार्ण गर्ने भन्यौं तर कतिपय अध्यक्षज्युहरुले खासै चासो देखाउँनु भएन तसर्थ अहिलेको निमित्त ९ वटामा हामीले टेन्डर गरिसक्यौं । ’
उनले पालिकालाई स्मार्ट सिटी बनाउँको लागि अरु मूलुकको राम्रा राम्रा कुराहरुलाई ल्याएर लागू गर्ने पनि बताए ।