खेलकुद क्षेत्रमा भएका वेथितिहरु नियन्त्रण गर्न आवश्यक : खेलकुद मन्त्री लिम्बू
![NNIPA NNIPA](https://samajtimes.com/wp-content/uploads/2023/05/NNIPA.jpg)
काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएका वेथितिहरु नियन्त्रण गर्न आवश्यक भएको बताएका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले बुझाएको ज्ञापनपत्र बुझ्दै खेलकुद मन्त्री लिम्बूले खेलकुदलाई पर्यटनसँग जोडेर अघि बढाउन आवश्यक भएको पनि बताएका छन् ।
आइतबार मन्त्रालयमा ६ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव शिवशंकर गोथेले छिटो भन्दा छिटो १९ औं एशियाली खेलकुदमा सहभागी हुने खेलाडीहरुको विशेष प्रशिक्षण सुरु गर्नुपर्ने बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै युवा तथा खेलकुद मन्त्री लिम्बूले साहसिक खेल र खेलकुदमा सहभागी हुने खेलाडीहरुको लागि काम गर्नुपर्ने बताए ।
उनले भने ‘खेलकुदको क्षेत्रमा भएको वेथितिहरुलाई नियन्त्रण गर्न आवश्यक छ । खेललाई खेलको रुमा मात्र हैन् यसलाई पर्यटनसंग जोडेर यो कुरालाई अगाडि बढाउनु पर्छ । नियमावलीको परिमार्जन गर्नुपर्ने कुराहरुमा अगाडि बढिरहका छौं । आर्थिक चारमा अर्थमन्त्रालयको सहमति लिने काम गर्नुपर्छ ।’
त्यस्तै, खेलाडीले सीमित साधन श्रोतका वावजुद आफ्नो तर्फबाट देशको प्रतिष्ठा बढाउनका लागि हर सम्भव प्रयास गरिरहेकोले सरकारले पनि त्यसको लागि आवश्यक व्यवस्था जति सक्दो चाँडो गर्नुपर्ने पनि खेलाडी संघको छ ।