आजको मौसम : पहाडी भूभागमा हल्का वर्षा हुने
काठमाडौं। आज देशको पहाडी भूभागहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ ।
बुधबार मधेश प्रदेश सहित गण्डकी र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागहरुका केही स्थानहरुमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने छ ।
महाशाखाका अनुसार बुधबार बागमती, गण्डकी र मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा हुने सम्भावना रहेको छ ।