सगरमाथा चुचुरोमा‘चराको गीत’
काठमाडौं / चर्चित कवि कृसु क्षेत्रीको ‘चराको गीत’ कविता सङ्ग्रहको दोस्रो संस्करणको सगरमाथाको चुचुरोमा पुर्याइ लोकार्पण समेत गरिएको छ।
चार पटकका सफल आरोही लमजुङ्ग राइनासका नरेन्द्र शाही ठकुरीले क्षेत्रीको प्रिय कविता संग्रहलाई विश्वको छानोमा पुर्याएका हुन्।
ठकुरीले जेठ तीन गते चौथो पटक सगरमाथाको टुप्पोमा पाइला राखेका थिए। सोही समय उनले चराको गीत पनि साथै लगेका थिए।
ठकुरीले चराको गीत आफ्नो मन पर्ने कृति मध्येमा पर्ने बताए।
आरोहणका क्रममा ‘चराको गीत’का कविताले आफूलाई सहज बनाएको पनि ठकुरीको भानाई छ। ‘सगरमाथामा लोकार्पण भएको पहिलो नेपाली कविता सङ्ग्रहका रूपमा ‘चराको गीत’ले आफ्नो नाम अङ्कित गरेको र त्यसमा आफूले भूमिका निर्वाह गर्न पाएकोमा अत्यन्त खुसी छु।’ आरोही ठकुरीले भने।
चराको गीतको पहिलो संस्करण साझा प्रकाशनबाट २०७४ सालमा प्रकाशित भएको थियो । कृतिको दोस्रो संस्करण पनि साझाबाट हालै प्रकाशित भएको हो ।