२८ औं पटक सगरमाथाको चुचुरोमा कामीरिता शेर्पा
काठमाडौं । सोलुखुम्बुका कामीरिता शेर्पाले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन् ।
मंगलबार बिहान २८ औं पटक सगरमाथा आरोहण गरेसँगै उनले उक्त कीर्तिमान कोरेका हुन् ।
उनी आवद्ध सेभेन समिट ट्रेक्स प्रालिका अनुसार कामीरिता मंगलबार आरोहण दलमा रहेका विदेशीहरुसँगै शिखर पुगेका थिए । उनी बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए ।
उनी २७ औं पटक सगरमाथा चुचुरोमा पुगेसँगै सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाले उनको २७ औं रेकर्ड बराबरी गर्दै गत साता सगरमाथा आरोहण गरेका थिए । योसँगै सगरमाथामा सर्वाधिक आरोहण गर्नेको संख्या दुई पुगेको थियो ।