शरणार्थी प्रकरणमा पोलेपछि एमालेले लडाकु शिविरको कुरा उठायो : महरा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलेपछि नेकपा एमालेले लडाकु शिविरको बारेमा प्रसंग उठाएको आरोप नेकपा माओवादी केन्द्रले लगाएको छ ।
आईतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले शरणार्थी प्रकरणमा दोषी रहेका सबैलाई कारवाही गर्न सरकार तयार रहेको बताए ।
उनले भने ‘एमालेले अहिले लडाकु शिविरबारे किन प्रश्न उठायो भन्दा नक्कली भुटानी शरणार्थी प्रकरणले पोल्यो कि <’
लडाकु शिविरमा घोटाला नभएको अडान उपाध्यक्ष महराले दोहोर्याएका छन् ।
उनले झण्डै ६ वर्ष माओवादी सेनाको व्यवस्थापन तथा समायोजनको जिम्मा राज्यले लिएको पनि प्रष्ट पारे ।
केही समय अगाडि मात्र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूमाथि पनि छानबिन गर्न चुनौती समेत दिएका थिए ।