यो सरकारले भ्रष्टचारीलाई कारवाही गर्ने हुती राख्दैन् : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गठबन्धन सरकारले भ्रष्टाचार गर्नेहरुलाई कारवाही गर्ने हुती राख्दैन भनेका छन् ।
काठमाडौंमा शुक्रवार आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै, अध्यक्ष ओलीले गठबन्धनभित्र एक अर्काको बारेमा औंला उठाउने ठाँउ नभएको र आफ्ना आफ्ना मिलेर नै भ्रष्टचार गरिरहेको आरोप लगाए ।
उनले कसैलाई कारबाही गर्न खोज्यो भने सरकारमा बस्नेहरुलाई नि अरुले तपाई चै भनेर प्रश्न सोध्ने भन्दै अहिलेको सरकारमा रहेकाहरु नै भ्रष्टाचारमा लिप्त रहेको तर्क गरे ।
उनले भने ‘२१ औं शताव्दीमा डेमोक्रेसि भन्नेहरु, मेरो पार्टीको सांसदले त्यस्तो गरेको छ भने ठाडो कारवाही गर्छु । जो सुकै होस् । गठबन्धनले हो भने कारवाही गर्ने हुती नै राख्दैन् । किन भने यसो हेर्छ तपाईलाई कारवाही गर्न प¥र्यो भन्यो भने तपाईलाई नी भन्ने उत्तर आउँछ । तपाईलाई नी त भनेर सोध्ने गर्छन । तपाईको श्रीमतीले भ्रष्टचार गर्नु भयो नि भन्दा तपाईले छोरी मार्फत गर्नुभयो भन्ने उत्तर आउँछ ।’
उनले एमाले सरकारबाट हटेकैले डेढ वर्षमा अर्थतन्त्र, राजनीति र समाजिक अवस्था निकै नाजुक भएको ठोकुवा गरे । भ्रष्टचार नियन्त्रणका लागि प्रत्येक कर्मचारीले शेयर पाउनु पर्ने उनको भनाई छ ।