राष्ट्रिय एकता मजबुत बनाउँन पहल गर्छु : नवनिर्वाचित उपराष्ट्रपति यादव
काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवद्र्धन गर्न आफू लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उपराष्ट्रपति पदमा शुक्रबार निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू केन्द्रित हुने बताउँदै शान्ति प्रक्रियाका कामहरु निष्कर्षमा पु¥याउन बाँकी रहेको भन्दै त्यसलाई निस्कर्षमा पु¥याउनका लागि आफ्नो तर्फबाट पुरै प्रयास हुने उल्लेख गरे ।
नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भुमिका खेल्ने जनता र सांसहरुप्रति धन्यवाद पनि दिएका छन् ।
यता, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्ने बताएका छन् ।
सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नवनिर्वाचित उपराष्ट्रपति यादव इमान्दारिता र स्वच्छ छविको प्रतिकको रुपमा रहेको पनि उल्लेख गरे ।
त्यसैगरी सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति रामसहायप्रसाद यादवको विजयलाई स्वभाविक रुपमा लिनुपर्ने प्रतिक्रिया दिएका छन् ।