२४ विघा जमिनमा होल्ड भएका सवारी साधन छ : डिआईजि चौधरी
काठमाडौ । ट्राफिक प्रहरी महासाखाको डिआईजि मिरा चौधरीले करिब २४ विघा जमिनमा होल्ड भएका सवारी साधन थन्काएर राखिएको बताएकी छिन् ।
नेपालमा सडक सुरक्षाको अवस्था र चुनौती विषयक कार्यक्रममा बोल्दै उनले २०६६ साल देखी होल्ड गरेको सवारीको कर नतिरेको र उपत्यका ट्राफीक परिसर भित्र काठमाडौ, भक्तपुर ,ललीतपुर तिनै वटा जिल्लामा होल्ड गरेको सवारी साधन भएको बताएकी हुन् ।
“यातायात व्यवस्था विभागमा नम्मर दर्ता हुन्छ, डिटेल छैन अर्को कुरा २०६६ साल देखी होल्ड गरेको सवारीको कर तिरेको छैन ।जम्मा १९ सय ४५ वटा सवारी साधन छन् । यातायात कार्यलयमा दर्ता खारेज गर्दिनु न त्यस पछि हामी लिलामीको प्रकुयामा जान्छौ भन्दा यतिका अरबौं रुपैयाँ होला कसरी खारेजी गर्ने भन्ने कुरा हुन्छ यो झन्झटमा हामीहरु अव्यवस्थीत भएर बसेका छौ ।”
उनले यातायात कार्यलयमा होल्ड गरेको सवारीहरुको दर्ता खारेज गरिदिनु भन्दा अरबौं रुपैयाँ खर्च हुने र उक्त प्रकृया अपनाउन नसकिने कुराहरु आउने गरेको बताएकी छन् ।
यस्ता खालको झन्झटले सार्वजनिक सवारीहरुले पुलिसलाई दुस्मन को रुपमा हेर्ने र यस्तो मनोवृत्ती आफुहरुको लागि सबै भन्दा ठुलो चुनौती भएको उनको भनाई छ ।