नेपालभर छुट्टा छुट्टै ठाँउमा एकै दिन सात जना मृत अवस्थामा फेला, कारण अज्ञात
काठमाडौं । नेपालभर बिभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् ।
सल्यान, शारदा नगरपालिका–१ श्रीनगरस्थित सुके खोलाको छेउमा सोही ठाउँ बस्ने ५५ वर्षीय यज्ञ बहादुर राई शनिबार मृत अवस्थामा फेला परेका छन् ।
धनकुटा, महालक्ष्मी नगरपालिका–४ जिमीगाउँ बस्ने ३५ वर्षीया चन्द्रमाया मगर आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
संखुवासभा, खाँदबारी नगरपालिका–९ तुम्लिङटार डेरा गरी बस्ने भोजपुर षडानन्द नगरपालिका–१० घर भएकी ३७ वर्षीया सम्झना राई खाँदबारी नगरपालिका–९ सिदुरे पुछारस्थित अरुण नदीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी, संखुवासभा, पाँचखपन नगरपालिका–२ रिठ्ठे याङ्मा दोभान बस्ने ६६ वर्षीय बीर बहादुर भन्ने मणी कुमार राई सोही ठाउँस्थित बगरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, हरिवन नगरपालिका–१० धरहरा बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष गएराति मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, काठमाडौं महानगरपालिका–८ पशुपतिस्थित दक्षिणा मूर्ती नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
पर्वत, कुश्मा नगरपालिका–१ मालढुङगास्थित कालीगण्डकी नदीमा हाल नाम, थर,वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।