ग्वार्को–सातदोबाटो ‘फ्लाइओभर’ निर्माण तिब्र, दुई वर्षभित्र काम सक्ने लक्ष्य
प्रतिक्षा आचार्य
काठमाडौं / निर्धारित समयभित्रै काम सम्पन्न भए काटेश्वर–सातदोबाटो आउजाउ गर्ने यात्रुले अबको दुई वर्षभित्र ‘फ्लाइओभर (ओभर पास)’मा यात्रा गर्न पाउनेछन् । सडक विभागले मुलुककै पहिलो ग्वार्को–सातदोबाटो ‘फ्लाइओभर’ निर्माण कार्यलाई तिब्र पारेको छ ।
विभागले काम ग्वार्को खण्डबाट सुरु गरेको छ । पहिलो चरणमा ‘साइट क्लीयर’ गर्ने कामलाई तिब्र परिएको छ । सडक खण्डमा हुने यातायात आवामगनलाई ‘सर्भिस ट्रयाक’तर्फ ‘डाइभर्ट’ गरिएको छ । जग निर्माणका लागि सडकका कालोपत्रे उप्काउने काम अघि बढाइएको छ । त्यसलगतै ‘फ्लाइओभर’का लागि जग खन्ने काम सुरु हुने विभागका प्रवक्ता रामहरि पोखरेलले बताए ।
उनले भने,‘काम सुरु भएको छ । अहिले ‘साइट क्लीयर’को अघि बढाएका छन् । यातायात अवागमनलाई ‘सर्भिस ट्रयाक’तर्फ ‘डाइभर्ट’ गरिएका छन् । निर्माणस्थललाई घेरवन्दी गर्ने लगायतका काम अहिले हुँदैछन् ।’
विभागका अनुसार ग्वार्कोदेखि सातदोबाटोसम्म ‘फ्लाइओभर’को लम्बाई पाँच सय ४० मिटरको हुने छ । चौडाई १६ दशमलव ४ मिटरको हुनेछ । जसलाई चार लेनमा विभाजन गरिनेछ । ‘फ्लाइओभर’ जमिनभन्दा ६ मिटर माथि बन्नेछ । गत २३ पुसबाटै ठेकेदार कम्पनीले निर्माणको काम सुरु गरिसकेको छ । ‘टाइम सेड्यूल’ अनुसार काम भए आगमी ०८१ को माघसम्ममा निर्माण कार्य पुरा हुनेछ । विभागका प्रवक्ता पोखरेलले अबको दुई वर्षभित्र ‘फ्लाइओभर’ निर्माण भइसक्ने बताए ।
उनले भने,‘फ्लाइओभर सहरको सुन्दरताको लागी राम्रो मानिन्छ । तर, आवश्यकतालाई हेरेर ग्वार्को–सातदोबाटो ‘फ्लाइओभर’ निर्माण सुरु गरिएको हो । काम सुरु भइसकेको छ । अबको दुई वर्षभित्र निर्माणको सबै काम पुरा हुनेछ । ‘फ्लाइओभर’ चार लेनको बन्नेछ । लम्वाई भने पाँच सय ४० मिटरको हुनेछ । ६ मिटर माथि बन्नेछ ।’
विभागका अनुसार ‘फ्लाइओभर’को कुल लागत १७ करोड ६ लाख रुपैयाँको छ । ‘फ्लाइओभर’को सम्पुर्ण लागत स्वदेशी हो । इपिसि९इन्जिनियरिङ प्रोक्यूर्मेन्ट एण्ड कन्सट्रक्सन’ मोडलमा उक्त ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको हो । जस अनुसार निर्माणका लागि आवश्यक इन्जिनियरिङ, सामाग्री व्यवस्थापन र निर्माणका सबै काम ठेकेदार कम्पनी आफैले गर्नुपर्नेछ । ‘फ्लाइओभर’मा बालकुमारतर्फबाट तीन सय २० मिटर र सातदोबाटोतर्फबाट एक सय ८५ मिटर लम्बाइको ‘र्यामचढ्ने र ओर्लने भर्याङ्ग’ बनाइनेछ । बीचको ‘सुपर स्ट्रक्चर’ भने ३५ मिटरको हुनेछ ।
विभागका प्रवक्ता पोखरेलले मुलुककै पहिलो ‘फ्लाइओभर’ इपिसी मोडलबाट बन्न लागेको बताए । उनले भने,‘यो मुलुुककै पहिलो ‘फ्लाइओभर’ हो । यो इपिसी मोडल बनाउने सम्झौता भएको छ । यसको सम्पुर्ण लगानी स्वदेशी हो । १७ करोड ६ लाख रुपैयाँ लागतमा यो निर्माण हुँदैछ ।’
‘फ्लाइओभर’ ठेकेदार कम्पनीसँग २७ माघ ०७८ मै सम्झौता भएको थियो । तर, विविध उल्झनका कारण यसअघि काम अघि बढ्न सकेको थिएन । लाइओभर’ निर्माणपछि ग्वार्को–सातदोबाटो यातायात अवामगन सहज हुने विभागको दाबी छ । सातदोबाटो, ग्वार्को सँधै ट्राफिक जाम हुने क्षेत्र हो । विभागका प्रवक्ता पोखरेलले ग्वार्कोमा ‘अण्डरपास’ पनि बन्नेछ ।
उनले भने,‘हामीले सबैभन्दा राम्रो ‘अण्डरपास स्टक्चर’ पास गरेका छौं । यो सहरी सौन्दर्यका लागि राम्रो हुन्छ । कतिपय ठाउँमा संरचना बनिसकेका छन् । ‘अण्डरपास’ वनाउन गाह्रो छ । खर्चिलो पनि हुन्छ । ग्वार्कोमा ‘अण्डरपास’ बन्ने छ । त्यसपछि सादोबाटो र एकान्तकुुनामा ‘अण्डरपास’ बन्नेछ । यसको डिजाईन हुँदैछ ।’
ग्वार्को–सातदोबाटो खण्ड सम्पन्न भए लगतै सातदोबाटो–एकान्तकुना सडक खण्डमा पनि ‘फ्लाइओभर’ बन्नेछ । यसको लागि आवश्यक सम्भाब्यता अध्ययन पुरा भइसकेको छ । अब ‘ड्रइङ एण्ड डिजाइन’को काम सुरु हुने विभावको भनाई छ । उक्त संरचना पनि निर्माण सुरु भएको दुई बर्षभित्रै पुरा गर्ने लक्ष्य विभागले राखेको छ ।
नेपाल न्युज बैक