पचास वर्षीया एक महिला सहित १७ जना जुवाडे पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा दुई स्थानबाट १७ जना जुवाडे पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका–१४ थसिखेलमा जुवातास खेलिरहेकोअवस्थामा सोही महानगरपालिका–१४ नख्खिपोट बस्ने ५० वर्षीया कान्छीमाया तामाङ समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको भन्नेसूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाईनगद १ लाख ६० हजार १५ रूपैयाँ र ९ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी कैलाली, जानकी गाउँपालिका–३ भगतपुरमा जुवातास खेलिरहेको अवस्थामा सोहीगाउँपालिका–१ दुर्गौली बस्ने ४९ वर्षीय चन्द्रभान बमलगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ३ सय ३५ रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।