दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ
काठमाडौं । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम सानीभेरी गाउँपालिका–२ स्थाई वतन भई काठमाडौं सामाखुसी बस्ने ३१ वर्षीय दलविर विक रहेका छन् ।
रुकुम(पश्चिम) चौरजहारी नगरपालिका–८ बस्ने ३० वर्षीय पुरूष समेतलाई दुबईमा मासिक ६० हजार रुपैयाँ तलव हुने गरी सेक्युरिटीगार्डमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेको जनाइएको छ।
पीडितहरूबाट ६ लाख रुपैयाँ रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ सामाखुसीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।