ओखलढुंगामा होटलमा लगि १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ
काठमाडौं । बलात्कारको आरोपमा एक यूवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा खिजिदेम्बा गाउँपालिका–८ बस्ने २१ वर्षीय लाक्पा शेर्पा रहेका छन् ।
१६ वर्षीया किशोरीलाई सिद्धिचरण नगरपालिका–११ रमाईलो डाँडास्थित होटलमा बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।