जोखिमपूर्ण यात्रा गराउने २१ हजार चालक कारबाहीमा
काठमाडौं । ट्राफिक प्रहरीले जोखिमपूर्ण गराउने साँढे २१ हजार सार्वजनिक यातायात साधनका सवारी चालकलाई कारबाही गरेको छ ।जोखिमपूर्ण यात्रााका कारण सावरी साधान दुर्घटना पर्ने र यात्रुको अकालमा ज्यान जानसक्ने जोखिम देखिएपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार कारबाहीमा पर्ने सबैभन्दा धेरै ढोका खुला राखेर सवारी साधान चलाउनेहरु छन् ।
सात महिनाएता हेर्दा ढोका खुला राखेर सवारी साधन चलाउने १५ हजार ६२९ सवारी चालक कारबाहीमा परेका छन् । त्यस्तै, बाँकी ५ हजार ८०२ क्षमताभन्दा धेरै यात्रु राखेर सावारी साधन चलाउनेहरु छ ।
यसक्रममा सफा टेम्पोका ८८ चालक कारबाहीमा परेका छन् । सात महिनामा सबैगरि २१ हजार ५०८ सवारी चालक कारबाहीमा परेको ट्राफिक कार्यालयको भनाई छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जोखिमपूर्ण यात्राका क्रममा यात्रु दुर्घटनामा पर्ने देखिएपछि कारबाही प्रकृया अघि बढाइएको बताए ।
उनले भने,‘ढोका खुल्ला राखेर सवारी साधन गुडाउँदा परिचालक तथा यात्रु ढोकाबाट खसेर दुर्घटना हुने भएकाले जोखिम न्यूनीकरणका लागि कारबाहीलाई तिव्रता दिइएको हो ।’
तथ्यांक अनुसार ढोका खुला गरी सवारी साधन चलाने मध्ये साउनमा २ हजार ६८३ कारबाहीमा परेका छन् ।
त्यस्तै, भदौमा २ हजार ८७३, असोजमा ७ सय ४९, कार्तिकमा १ हजार ८२६, मंसिरमा २ हजार ८२६, पुसमा २ हजार ७३४ र माघ मसान्तसम्म १ हजार ९३८ चालक कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरीका अनुसार क्षमता भन्दा बढि यात्रु राखेर सवारी चलाउने मध्ये साउनमा ७ सय ९, भदौमा १ हजार ३४, असोजमा ७ सय ४९, कार्तिकमा ७ सय ५९, मसिरमा ७ सय ५९, पुसमा १ हजार ११ र माघमा ७ सय ८१ चालकलाई कारबाही गरिएको छ ।
यसक्रममा ७७ टम्पो चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । टेम्पोको पछाडि यात्रुलाई झुण्ड्याएर यात्रा गराएको पाइएपछी उनीहरूलाई कारबाही गरिएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा सवारीमा बस्ने वा राख्ने मानिस तथा मालसामानको हद निर्धारण गरिएको छ । कानून उलंघन गर्नेलाई यातायात निरीक्षक तथा प्रहरीले तत्काल १५ सय रुपैँयासम्म जरिवाना गर्ने सक्ने व्यवस्था छ ।