राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि ८८१ जनाको मतदाता सूची सार्वजनिक गरेको छ ।
यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनको लागि आयोगले बुधबार ८८१ ज्ना मतदाताको सूची सार्वजनिक गरेको हो ।
संघीय सांसद र प्रदेश सांसद मतदाता रहने निर्वाचनका लागि सार्वजनिक गरिएको सुचीमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जना सदस्यको नाम समेटिएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि बनाइएको निर्वाचन अधिकृतको कार्यालयल प्रकाशन गरेको सूची अनुसार मतदाताको नामावलीको दाबी विरोधको उजुरी का लागि भोली बिहिबार मध्यान्न १२ बजेसम्मको समय तोकिएको छ ।