लघुवित्तलाई कारबाही गर्न सांसद गगन थापाको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले, अनुचित नाफा कमाउन मनपरी गर्ने लघुवित्तलाई कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्थाहरूलाई कारबाही गर्न सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
लघुवित्त संस्थाले अति न्युन आय भएका गरिबलाई झन् गरिब बनाएको उनको भनाई छ ।
‘मर्कामा परेकालाई राहत दिनुपर्छ । बदनियतसाथ काम गर्ने लघुवित्त संस्थालाई कारबाही गर्नुपर्छ । अति न्युन आय भएका गरिबलाई गरिबीको आहालबाट निकाल्नका लागि काम होला भनेको कयौं लघुवित्तका कारणले गर्दा गरिब थला पर्न पनि नसक्ने गरिकन थला परेका छन ।’
उनले वित्तीय साक्षरतालाई स्थानीय तहसँग साझेदारीमा तल्लो तहसम्म लैजानुपन र लघुवित्तका कारण मर्कामा परेकालाई राहत दिइनुपर्ने पनि माग गरेका छन् ।
नेपाल राष्ट्र बैंकले एउटा ऋणीलाई एक मात्र संस्थाबाट ऋण लिन पाउने प्रावधान राख्न संसाद थापाको आग्रह छ ।