पर्यटनले ग्रामिण अर्थतन्त्रको विकासमा सहयोग पुग्छ: राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले‚ पर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकासमा सहयोग पुग्ने बताएकी छन्।
म्याग्दी सदरमुकाम बेनी बजारसँगै नजिकै पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदीबराह मन्दिरको उद्धाटनपछि बुधवार आयोजित समारोहलाई सम्बोधनगर्दै उनले कृषि‚ वन‚ जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धी एवम् रोजगारीको सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने बताइन् ।
उनले भनीन् ‘कृषि‚ वन‚ जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धी एवम् रोजगारीको सिर्जना गर्दै स्वाभलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिन्छ ।’
जैविक विविधताको संरक्षणमा जोड दिदै कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकासमा टेवा पुर्याउन सकिने पनि उनको भनाई छ ।