सन् २०२२ मा नेपालमा कुल ७ हजार ३७६ मानव अधिकार उल्लंघन
काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले नेपालमा हरेक दिन २० वटा भन्दा बढी मानव अधिकार उल्लंघनका घटना भइरहेको तथ्यांक सार्वजनिक गरेको छ ।
इन्सेकले आइतबार सार्वजनिक गरेको सन् २०२२ को मानवअधिकार वर्ष पुस्तकमा हरेक दिन २० वटा मानव अधिकार उल्लंघनका घटना हुने गरेको वितेको एक बर्षमा नेपालमा कुल ७ हजार ३७६ वटा मानव अधिकार उल्लंघनका घटना भएको उल्लेख छ । इन्सेकका अनुसार, यो एक वर्षमा ३२३ जनाको हत्या भएको छ भने २ जना बेपत्ता पारिएका छन्।
त्यस्तै ३५ जना अपहरणमा परेको, ८१ जना गिरफ्तार भएको र ४४८ जनामाथि कुटपिट भएको इन्सेकले जनाएको छ ।
त्यस्तै सन् २०२२ मा कारागारमा ५३ जनाको मृत्यु भएको छ ।
राजनीतिक प्रकृतिका मानव अधिकारका घटना केही कमी भएपनि सामाजिक र जनजीविकाको पाटोमा मुलुकको अवस्था सुधार हुन नसकेको इन्सेकले जनाएको छ ।
बढ्दो सडक दुर्घटना, आत्महत्या र विपद्का कारण बर्सेनि हजारौं नागरिकले ज्यान गुमाउने गरेको भन्दै इन्सेकले कारागार सुधारगृहमा रुपान्तरण हुन नसकेको, विवादास्पद रुपमा अध्यादेश र विधेयक ल्याउने काम भएको, प्रदेशस्तरमा संरचना बन्न नसकेको, शिक्षा, स्वास्थ्य र मानव अधिकार कागजमा सीमित रहेको ठहर गरेको छ ।
सङ्क्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्नुपर्नेमा सरकारको परिणाममूखी तदारूकता देखिएको भन्दै इन्सेकले, दलहरूको ध्यान सत्ता राजनीतिमा केन्द्रित हुँदा कार्यपालिकाले कसरी सत्ता टिकाउने र लम्ब्याउने भन्नेतिर आफ्नो ध्यान केन्द्रित गरेको उल्लेख गरेको छ ।