नेपाली सेनाद्वारा भारतीय सेना पूर्वप्रमुखको सम्मानमा चिफस् कन्क्लेभ आयोजना
काठमाडौं । । नेपाली सेनाले सेना दिवसको सन्र्दभमा नेपाल आएका भारतीय पूर्व सेनाध्यक्षको सम्मानमा चिफस् कन्क्लेभको आयोजना गरेको छ ।
आईतबार जंगी अड्डामा नेपाली सेना स्थापनाको २६० औं बार्षिक उत्सवका अवसरमा आयोजित सेना दिवस २०७९ मा सहभागी हुन आएका भारतीय सेनाका पूर्व सेनाध्यक्षहरु त्था नेपालका पूर्व प्रधान सेनापतिहरुको सहभागितामा सो कार्यक्रम सम्पन्न गरिएको सैनीक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माको समुपस्थितिमा भएको सो कार्यक्रममा आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको निर्देशनालयले जनाएको छ ।
प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माको समुपस्थितिमा भएको सो कार्यक्रममा आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको निर्देशनालयले जनाएको छ ।
सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भारतीय सेना प्रमुख नेपालको मानार्थ महारथि रहने र नेपालका प्रधानसेनापति पनि भारतको मानार्थ प्रधानसेनापति रहने प्रावधान अनुरुप नै उनीहरुको सम्मानमा छलछफल कार्यक्रम सेना प्रमुख छलफल कार्यक्रम राखिएको जानकारी दिए ।
उनले भने सेनाले आफ्नो निमन्त्रण मान्न आएका पाहुनाको सम्मान र सम्बन्ध स्थपनाका लागि यस्तो कार्यक्रम गर्ने गरेको छ । एक अर्को देशका मानार्थ महारथि भएकाले एक अर्काबीचको सम्बन्ध र हितकाबारेमा छलफल हुने परम्परा कै निरन्तता स्वरुप कार्यक्रम गरिएको उनले बताए ।