काठमाडौं एयरपोर्टमा कतारी रियल सहित टर्कीस् नागरिक पक्राउ
काठमाडौं । एकलाख २६ हजार कतारी रियालसहित एक टर्कीस् नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाह्य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस् नागरिक २९ वर्षीय हैदिल सियाद सारिकामारलाई प्रहरीले आइतवार पक्राउ गरेको हो ।
एयर ईण्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई साथमा लुकाई लैजान लागेको कतारी रियालसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।