चिकित्सक आन्दोलन असर : बिहानै अस्पताल पुगेका विरामीलाई सास्ती
काठमाडौं । चिकित्सकको आन्दोलनका कारण आज आइतबार विहान अस्पताल पुगेका कयौं विरामी उपचार नपाई घर फर्किनु परेको छ ।
सिंहदरबारमा चिकित्सक र सरकारबीच वार्ता चलिरहेका बेला अस्पताल पुगेका विरामी र उनीहरुका आफन्त भने निरास भएर घर फर्किनु परेको हो । विहानैदेखि अस्पताल पुगेका उनीहरु सरकार र चिकित्कसबीच सहमतिको समाचार आउनु पुर्व निकै दु:खी देखिन्थे ।
बिहानै उपाचारका लागि वीर अस्पताल पुगेका, महोत्तरी गौशाला ११ का सुरेश महतोले आफु आठ दिनदेखि अस्पताल धाइरहेको र आज फाइनल रिर्पोट लिएर घर फर्किन पाउँछु भन्ने आशा थियो तर आन्दोलनले समस्या भएको गुनासो गरे ।
उनले देशको ठूला मान्छेहरु हिन्नलाई भनेर आम जनतालाई दुख दिने काम पनि उचित नभएको पनि बताए । हामी ८ दिनदेखि आईरहेका हौ, आज फाईनल रिपोर्ट दिने भनिएको थियो त्यसको लागि जाँच गर्नुपर्ने सबै बन्द छ । यस्तो ठूलो मान्छे आउँदा रोड नै बन्द गर्ने जनतालाई दुख दिने काम गर्नु भएन, त्यो दिनको घटनाले गर्दा हामीले पनि समस्या भोग्नु परेको छ ।’
डाक्टरहरु आन्दोलित भएर सेवा पाउन कठिन भएको वीर अस्पतालमा भेटिएका अर्का विरामी सुनसरी इटहरी १३ का ढाका प्रसाद सापकोटाले गुनासो गरे । चाँडै समस्या समाधान गरि चिकित्सक काम फर्किनु पर्ने उनको भनाई छ ।
उनले भर्ने आमाको उपचारको लागि आएको डाक्टरहरु आन्दोलित भएकाले सेवा पाइरहेको छैन् । डाक्टरहरुलाई छिटो यस सम्बन्धि वार्ता गरेर आफ्नो काममा जान अपिल पनि गर्न चाहान्छु ।’
यस्तै वीर अस्पतालका डाक्टर किरण खनाल भने हामीले यस्तो प्रकारको गल्ती फेरि नहोस् भन्नको लागि मात्रै आन्दोलन गर्नु परेको हो ।
उनले ठूलो मान्छेको सवारी हुदाँ जनतालाई गारो नहुने हिसाबले व्यवस्था गर्नुपर्ने बताउँदै प्रहरी जस्तो मान्छेले आम जनतासँग गर्ने व्यवहारमा परिवर्तन आउनुपर्ने आफुहरुको मुख्य माग रहेको बताए ।
एउटा पुलिस, एउटा व्यक्तिलाई मात्र निलम्बन गराउने हाम्रो उद्देश्य होईन् । यस्तो प्रकारको घटना फेरि नदोहोरियोस भन्नको लागि र आवाजमाथि सम्म पुर्याउनको लागि मात्र हामीले यस्तो गरेका हौ । अर्को भनेको यो सरकामा बसेका ठूलो व्यक्तिहरुले जनतालाई गाह्रो हुने हिसाबको काम गर्न हुदैँन भन्ने विषयमा पनि हाम्रो आन्दोलन हो । समय र परिस्थति हरेर कस्तो काम गर्दा ठिक होला भन्ने विषय सोचेर मात्र कामहरु गर्नुपर्छ हामीले यसलाई नकारात्मक होईन् सकारात्मक रुपमा हेर्नुपर्छ ।’