काठमाडौ बालाजुमा यातायात मजदुरले जलाए प्रहरी भ्यान
काठमाडौं । मजदुर कुटिएको विरोधमा प्रर्दशन थालेका यातायात व्यवसायीले प्रहरी भ्यानमा आगो लगाएका छन् । यातायात मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीले सुरु गरेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।
आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले प्रहरीको भ्यानसमेत जलाइदिएका छन्। अन्दोलनकारीहरुले मुल सडकमै प्रहरीको एउटा गाडी जलाएका हुन् भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका छन् ।
प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् । मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सडकमै गाडी रोकेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका छन् ।
यातायात खुलाउन प्रयास गरेको प्रहरी र यातायात मजदुरबीच झडप हुँदा चक्रपथको बालाजु बाइपास खण्ड तनावग्रस्त छ ।
ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनी गरेका हुन् ।