पररष्ट्रमन्त्री पौड्यालसँग नर्वेली राजदूतको भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि नर्वेजीयन राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्रालयमा आइतवार भएको भेटवार्तामा दुई देशबीचको आपसी हित सम्बन्धका विविध विषयमा छलफल भएको छ ।
भेटवार्तामा राजदूत ड्रमडालले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिवद्धता जनाएका छन् ।