मिटर रिडर संघर्ष समितिद्धारा नेपाल विद्युत प्राधिकरणमा धर्ना
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको गोटा गन्ती, मिटर रिडर संघर्ष समितिले, प्राधिकरण केन्द्रिय कार्यालयमा धर्ना दिएको छ।
आफूमाथि श्रम शोषण भएको भन्दै संघर्ष समितिले, केन्द्रिय कार्यलयमै धर्ना सुरु गरेको हो ।
आइतबारबाट सुरु भएको धर्ना आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने उनीहरुको भनाई छ ।
संघर्ष समितिका केन्द्रीय अध्यक्ष श्याम प्रसाद अधिकारीले माग सम्बोधन नभएसम्म अनसनमा जारी रहने बताए ।
विद्युत प्राधिकरण आजको अवस्थासम्म आउनलाई सबै मजदुरको पसिना र रगत बगेको बताउँदै मजदुरहरुलाई ज्यालादारी नियुक्ती गरि परिपत्र गर्न उनको माग छ।
पेशागत स्थायित्व र ज्यालादारी नियुक्ती पत्रको माग गर्दै श्रमिकहरु आन्दोनमा उत्रिएका हुन् ।